मंसिर ६-
गणतन्त्र विरोध अभियान्ता तथा व्यवसायी दुर्गा प्रसाईंले एमालेले हिंसात्मक गतिविधिहरु गरेको बताएका छन् ।
पीडा र वेदनाहरू सुनाउने तथा सरकारसँग आफ्ना मागहरु राख्न भनेर काठमाडौँ आउँदै गरेका सर्वसाधारण नागरिकहरूलाई राजमार्गका बीच बाटोमै रोक्ने, धम्क्याउने, तर्साउनेजस्ता कार्यहरू भइरहेको आरोप लगाउँदै एमालेले हिंसात्मक गतिविधिहरु गरेको आरोप लगाएका हुन् ।
एमाले र उसको भ्रातृ संगठनले गरेका हिंसात्मक गतिविधि र देखाएका व्यवहारप्रति समेत सरकार मौन भएर बस्नुले सरकार र एमाले पार्टीको मिलेमतोमा भोलिको जनविद्रोहलाई दबाउन जस्तोसुकै पनि अमानवीय कार्य गर्न सक्ने आरोप छ ।



