चितवनको खैरहनीमा शव फेला परेको पुरुषको पहिचान खुल्यो

images
  • 558
    SHARES
  • मंसिर ६, २०८० बुधबार
    चितवनको खैरहनीमा शव फेला परेको पुरुषको  पहिचान खुल्यो
    images

    मंसिर ६–

    पूर्वी चितवनको खैरहनीमा आज (बुधबार) बिहान फेला परेको पुरुषको शवको पहिचान खुलेको छ ।

    खैरहनी नगरपालिका वडा नम्बर ९ मा सडक नजिकको झाडीमा फेला परेको शव गोरखाको शहिदलखन गाउँपालिका–९ नाम्जुङ स्थायी ठेगाना भएका ऋषिराम बस्नेत रहेको खुलेको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । शव पहिचान भएपछि बस्नेतको परिवार पनि प्रहरीको सम्पर्कमा आइसकेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय मृतक बस्नेत भरतपुरमा बस्ने गर्दथे ।

    नमुना टायर सोलिङ ग्यारेजको साइडको झाडीमा उनको शव फेला परेको थियो ।
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend