७ मंसिर, काठमाडौं
काठमाडौंको बल्खुमा बिहीबार दुर्गा प्रसाईं नेतृत्वको समूहले प्रदर्शन गरेको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउका लागि भन्दै प्रसाई समूहले प्रदर्शन गरेको हो । काठमाडौंको विभिन्न ठाउँबाट बल्खुमा पुगेका प्रदर्शनकारीले चक्रपथमा यातायात अवरुद्ध गरेका छन् ।
प्रसाईं समूहले काठमाडौंको माइतीघरमा प्रदर्शनको कार्यक्रम राखे पनि सरकारले त्यहाँ निषेधित घोषणा गरेर बल्खुमा प्रदर्शनस्थल तोकेको थियो । जनप्रशासन क्याम्पसबाहिरको सडकमा प्रदर्शनको लागि तोकेपनि प्रदर्शनकारीहरु चक्रपथमा आएका थिए ।



