मंसिर ८-
बागमती प्रदेश पोखरामा जारी केपी ओली कप टि( २० क्रिकेट प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ । शुक्रबार कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्दै बागमती प्रदेश केपी ओली कपको सेमिफाइलनमा प्रवेश गरेको हो ।
बागमती प्रदेशले दिएको १ सय ९० रनको बलियो लक्ष्य पछ्याएको कर्णाली प्रदेश १७ ओभर ३ बलमा ९९ रनमै समेटियो । कर्णालीलाई सस्तोमै समेट्न बागमतीका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८९ रन बनायो । बागमतीका लागि ओपनर रित गौतम र इशान पाण्डेले उत्कृष्ट अर्धसतक प्रहार गरेका थिए । रितले सर्वाधिक ८२ रन र इशान पाण्डेले ७० रन बनाए । रितले ५९ बलमा २ छक्का र १० चौका प्रहार गरे । प्रतिश जिसीले अविजित १२ रनको योगदान दिए । बलिङतर्फ कणरलीका दिनेश अधिकारी र प्रकाश जैसीले ३(३ विकेट लिए ।
बागमतीले पहिलो खेलमा बिहीबार मदन भण्डारी स्पोर्टस् एकेडेमी ‘रेड’ लाई १ सय ९ रनले पराजित गरेको थियो । एक खेल अगावै कणरली प्रदेश र मदन भण्डारी स्पोर्टस् एकेडेमी ‘रेड’ प्रतियोगिताबाट बाहिरिएका छन् । यी दुई टोलीबिचको खेल शनिबार हुनेछ । शुक्रबारको दोस्रो खेल गण्डकी प्रदेश र सशस्त्र प्रहरी बल(एपीएफ) बीच प्रतिस्पर्धा हुनेछ ।



