देवघाट गाउँपालिकाको भूमिहिन दलित,सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको काम अन्तिम चरणमा पुग्यो:अध्यक्ष थापा

images
  • 361
    SHARES
  • मंसिर ८, २०८० शुक्रबार
    देवघाट गाउँपालिकाको भूमिहिन दलित,सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको काम अन्तिम चरणमा पुग्यो:अध्यक्ष थापा
    images

    करिष्मा गुरुङ

    तनहुँ मंसिर ८

    देवघाट गाउँपालिका वडा नम्बर-५ को आयोजनामा आज शुक्रबार देवघाट गाउँपालिकाकाको सभाहलमा भूमिहिन दलित,भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु विविध विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर-५ को भूमिहिन दलित,भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको विषयमा छलफल गरिएको थियो । सो छलफल कार्यक्रममा देवघाट गाउँपालिका स्तरीय भूमिहिन दलित,भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी व्यवस्थापन समितिका फोकल पर्सन कृष्णराज पन्तले देवघाट गाउँपालिका भित्रका ५ वटा वडाकै भूमिहिन दलित,भूमिहिन सुकुम्बासीको डाटा प्रस्तुत गर्नु भएको थियोे ।404300042_330515552948399_6236382338321343782_n.jpg

    देवघाट वडा नम्बर १ मा भूमिहिन दलित २३ जना,भूमिहिन सुकुम्बासी २२ जना,अव्यवस्थित वसोवासी ४६० जना रहेको छ । वडा नम्बर २ मा भूमिहिन दलित ४ जना,भूमिहिन सुकुम्बासी ७ जना र अव्यवस्थित वसोवासी १५४ जना रहेको छ । त्यस्तै गरि वडा नम्बर ३ मा भूमिहिन दलित ० जना,भूमिहिन सुकुम्बासी ३ र अव्यवस्थित वसोवासी ७२ जना त्यस्तै गरि वडा नम्बर ४ मा भूमिहिन दलित १ जना,भूमिहिन सुकुम्बासी १३ जना र अव्यवस्थित वसोवासी १२० जना रहेको छ भने वडा नम्बर ५ मा भूमिहिन दलित २० जना,भूमिहिन सुकुम्बासी ६० जना र अव्यवस्थित वसोवासी १६२३ जना छन् भने गाउँपालिका भरि ४८ जना भूमिहिन दलित,भूमिहिन सुकुम्बासी ८५ जना र अव्यवस्थित वसोवासी २४२९ जना रहेको पन्तले जानकारी दिनु भएको थियोे ।404688739_330514672948487_8286100332374049009_n.jpg

    सो कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले भूमिहिन दलित,भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको विषयमा प्रस्ट पार्दै पालिकाले मात्रै लालपुर्जा दिन्छु भन्न नमिल्ने तिनै तहबाट मिलाउनु पर्ने भएको हुदाँ पालिकाले गर्नुपर्ने काममा केही ढिलासुस्ती भएको जानकारी गराउदैँ भूमिको विषयमा पालिकाको तर्फबाट गर्नुपर्ने कामहरू कुनै कसर नराखी अन्तिम चरणमा समेत पुगेको बताए।404294416_330513632948591_3087209761753636009_n.jpg

    साथै अध्यक्ष थापाले पालिकाको तर्फबाट गर्नुपर्ने कामहरूलाई सकृय रूपमा अगाडि बढाउने बताउदैँ छिटो भन्दा छिटो भूमिहिन दलित,भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई लालपुर्जा दिने व्यवस्था गर्ने समेत बताए ।404795991_330515592948395_34478878571597733_n.jpg

    देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्य,वडा नम्बर-५ का पूर्व अध्यक्ष याल बहादुर गुरूङ,वडा नम्बर-५ सदस्य बुद्धि बहादुर पाण्डे,नेकपा एमाले जिल्ला कमिटी सदस्य बाबुराम अधिकारी,नेपाली काङ्ग्रेस देवघाटका पूर्व सभापति बाबुराम पौडेल,नेकपा एमाले देवघाट-५ अध्यक्ष गणेश थापा,नेपाली काङ्ग्रेस देवघाट-५ सभापति सोमनाथ ढकाल,राष्ट्रिय स्वतन्त्र पार्टी देवघाट सभापति गोविन्द न्यौपाने,उद्योग वाणिज्य संघ देवघाट अध्यक्ष रोशन श्रेष्ठ,समाजसेवी भिम कुमारी धाईथापा,सुर्य बहादुर राना लगाएतले भूमिहिन दलित,भूमिहिन सुकुम्बासीको विषय उठान गरेका थिए । वडा नम्बर-५ सदस्य कमला गुरूङ,याम बहादुर मगर,पूर्व वडा सदस्य ठाकुर कुमारी काफ्ले त्यस्तै गरि विभिन्न राजनितीक दलका प्रतिनिधिहरू लगाएत बुद्धिजीवी व्यक्तिहरूको सहभागी रहेको थियोे । भने उक्त कार्यक्रम देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर-५ अध्यक्ष पूर्ण बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको थियोे ।404689444_330514059615215_3709701187666972604_n.jpg404630802_330515109615110_2960682517953836308_n.jpg404662983_330514559615165_6512528559756962619_n.jpg404772675_330514486281839_5291606426439567932_n.jpg404865373_330514859615135_771583871332745825_n.jpg404668392_330515176281770_8806709259595517891_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend