गोन्द्राङ साराङघाट युवा तथा खेलकुद समितीले टोल स्तरीय खुल्ला भलिबल प्रतियोगिता गर्ने

images
  • 240
    SHARES
  • मंसिर १०, २०८० आइतबार
    गोन्द्राङ साराङघाट युवा तथा खेलकुद समितीले टोल स्तरीय खुल्ला भलिबल प्रतियोगिता गर्ने
    images

    भक्त बहादुर थापा

    देवघाट-३,तनहुँ

    देवघाट गाउँपालिका वडा नम्बर ३ मा रहेको गोन्द्राङ साराङघाट युवा तथा खेलकुद समितीको आयोजनामा टोल स्तरीय खुल्ला भलिबल प्रतियोगिता यहीँ मिति मंसिर १६ गते बाट मंसिर १८ गते सम्म देबघाट ३ वडा बोर्डगाउको श्री भृकुटी माविको गेट आगाडी सारङ्गघाट भलिबल खेलमैदानमा गर्ने भएको छ।

    प्रतियोगितामा सहभागि टिम दर्ता शुल्क ३५ सय रुपैयाँ राखिएको छ भने सहभागी टिमका भलिबल खेलाडी सवै टोल बिकास संस्था भित्रकै रहनुपर्ने आयोजक कमिटीले बिहानी मिडिया जानकारी दिएका छन्। सो प्रतियोगितामा प्रथम,द्वितीय,तृतीयले क्रमशः ३० हजार,२० हजार र १० हजार रुपैयाँ प्राप्त गर्ने छन्।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend