प्लेजुङमा एमाले सचिव योगेश भट्टराई सवार गाडीमा पहिचान पक्षधरहरूले ताेडफाेड

images
  • 243
    SHARES
  • मंसिर १०, २०८० आइतबार
    प्लेजुङमा एमाले सचिव योगेश भट्टराई सवार गाडीमा पहिचान पक्षधरहरूले ताेडफाेड
    images

    ताप्लेजुङ –

    ताप्लेजुङमा एमाले सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराई सवार गाडीमा पहिचान पक्षधरहरूले ताेडफाेड गरेका छन् ।

    आज आइतवार गृहजिल्ला ताप्लेजुङबाट काठमाण्डाै फर्कने क्रममा सदरमुकाम फुङलिङकाे ताेक्मे डाँडामा भट्टराई सवार गाडीमा पहिचान पक्षधरहरूले ताेडफाेड गरेका हुन् । ताेडफाेडबाट गाडीकाे सिसा फुटेकाे छ ।

    सात/आठ जनाको समूहमा रहेकाहरूले भट्टराई सवार गाडीमा ढुङ्गा र लाठीले हानेका एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाले बताउनुभयाे । गाडीकाे सिसा फुटे पनि मान्छेलाई केही नभएकाे खतिवडाले जानकारी दिनुभयाे । यसअघि आजै दिउँसाे सचिव भट्टराईलाई पहिचान पक्षधरहरूले कालाे झण्डा देखाएका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend