दैलेखमा श्रीमान् श्रीमतीको झगडा श्रीमानको ज्यान गयो

images
  • 177
    SHARES
  • मंसिर ११, २०८० सोमबार
    दैलेखमा श्रीमान् श्रीमतीको झगडा श्रीमानको ज्यान गयो
    images

    दैलेख -

    दैलेखको नौमूले गाउँपालिका–४ मा श्रीमान् श्रीमतीबीच झगडा हुँदा श्रीमानको ज्यान गएको छ । कालिका गाउँका ३८ वर्षीय भीमबहादुरको ज्यान गएको हो ।

    प्रहरीका अनुसार गएराति भीमबहादुर र श्रीमती ३५ वर्षीया सीता योगीबीच झगडा भएको थियो ।

    श्रीमान् भीमबहादुरले  पहिला पिटेपछि सीताले पनि श्रीमानलाई पन्यूँ र दाउराले प्रहार गरेकी उनीहरुका छोराछोरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्जार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिनुभयो ।

    सीतालाई प्रहरीले पक्राउ गरेको छ । सचेतनाको कमी र जाँडरक्सीको सेवनले नौमूलेमा हिंसात्मक घटना हुने गरेका छन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend