इच्छाकामना मन्दिरमा यसवर्ष पञ्चमी मेला,चुड्का प्रतियोगिता सहित विविध साँस्कृतिक कार्यक्रम हुने

images
  • 125
    SHARES
  • मंसिर ११, २०८० सोमबार
    इच्छाकामना मन्दिरमा यसवर्ष पञ्चमी मेला,चुड्का प्रतियोगिता सहित विविध साँस्कृतिक कार्यक्रम हुने
    images

    इच्छाकामना ।

    चितवनको एतिहासिक धार्मिक स्थल इच्छाकामना मन्दिर प्रांगणमा लाग्ने पञ्चमी मेला यस वर्ष भव्य रुपमा मनाउने तयारी भएको छ। हरेक बर्ष ठूलो पञ्चमीको अवसरमा लाग्ने मेला यस बर्ष मंसिर १५ र १६ गते भव्य रुपमा लाग्ने भएको हो ।

     

    मेलामा राष्ट्रिय तथा स्थानीय लोकदोहोरी कलाकारको प्रस्तुती हुनुका साथै चुड्का प्रतियोगिता समेत हुने इच्छाकामना सिद्धबाबा मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले जानकारी दिए । उनका अनुसार मेलामा चर्चित कलाकारहरु चन्द्र परियार, शित्तल गुरुङ, रमेश परियार, पृथ्वी गुरुङ, गोविन्दबाबु रिजाल, सरीता गुरुङ, सीता के.सी., रुपा गुरुङ लगायतको प्रस्तुती रहनेछ ।

    इच्छाकामना मन्दिरमा हरेक बर्ष ठूलो पञ्चमीको अवसरमा रातभर मेला लाग्ने र विहान पुजाआजाका साथै बली चढाइने परम्परा रहेको छ। जस अनुसार यस वर्ष मंसिरको १५ गते रातभर मेला लाग्ने र १६ गते विहान पुजाआजाका साथै बली चढाइनेछ । 

    केहि बर्षदेखि गाउँपालिकाले मेलालाई भव्य रुपमा मनाउनको लागि सो दिन दिन सार्वजनिक विदा समेत दिन थालेको छ। इच्छाकामना मन्दिर चितवनको इच्छाकामना गाउँपालिका ५ मा पर्दछ। मनकामना माईको सात दिदी बहिनी मध्ये इच्छाकामना एक बहिनी रहेको किंवदन्ती रहेको छ।

    इच्छाकामना माईको मन्दिरमा सन्तान नभएकाहरुले भाकल र पूजाआजा गरे सन्तान प्राप्त गर्न सकिन्छ भन्ने स्थानीयमा सदियौ देखि जनविश्वास रहेको पाइन्छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend