देवघाट तनहुँ:जेष्ठ १९ गते करिस्मा गुरुङ
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित घिनटारमा सुकुम्बासी समन्वय तथा सहजीकरण समितिका सम्पर्क कार्यलयको उद्घाटन नेपाली काङ्ग्रेसका सभापति तथा देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाद्वारा उद्घाटन गरिएको छ ।

देवघाट गाउँपालिकाका अध्यक्ष एवं नेपाली काङ्ग्रेस देवघाटका सभापति तथा कार्यक्रमका प्रमुख अतिथि तिल बहादुर थापाले कार्यक्रमलाई सम्बोधन गर्दै भुमि सम्बन्धि समस्या समाधान गर्नका लागि जनताको हक हितको लागी सवै संघ संस्था संग समन्वय गरि अगाडी बढ्ने बताउनुभयो। साथै अध्यक्ष थापाले सुकुम्बासी समन्वय तथा सहजीकरण समितिमा नेपाली काङ्ग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र,राप्रपा,नेकपा एकीकृत समाजबादी,जसपा लगाएत सवै सर्वदलीय समिति बनाएर देवघाटको अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाई लालपुर्जा वितरण गर्न सकिने बताउनुभयो।साथै उहाँले देवघाट गाउँपालिकामा आजै बाट भुमिसम्बन्धी तथ्याङ्क प्रविस्टि (इन्ट्री) गर्ने कामहरू गाउँपालिकामा भैरहेको बताउदै सो कार्यमा देवघाट गाउँपालिका र आफ्नो ब्याक्तीगत तर्फबाट कुनै कसर नराखी अगाडी बढ्ने बताउनुभयो।

कार्यक्रममा नेपाली काङ्ग्रेस सुकुम्बासी समन्वय तथा सहजीकरण समितिका संयोजक अर्जुन अधिकारीले समिति गठन पश्चात् अध्ययन अनुसन्धान गरेर जनतालाई सुसुकृत गराउनुपर्छ कस्तो जग्गा दर्ता हुन्छ र कस्तो हुदैँन, ऐलानी जग्गा भनेको के हो, लगाएत प्रश्नहरू जनतामा थुप्रै थिए ति प्रश्नहरूलाई विधिगत रूपमा एक-एक जनालाई बुझाउन कठिन हुने भाको कारणले गर्दा पार्टी सभापति लगाएत अन्य बुद्धिजीवी ब्याक्तीहरु संग छलफल गरि सहजीकरण र जनतालाई जानकारी मुलुक हाते पुस्तिका बनाई वितरण भइ रहेको बताउनुभयो।कार्यक्रममा संयोजक अधिकारीले नेकपा एमालेका साथीहरूलाई लालपुर्जा बाड्ने अभियान जनताका समस्यामा यहि समितिमा आवद्व हुन अनुरोध गर्दै यो साझा समस्या हो नेपाली काङ्ग्रेसले मात्रै जस लिन खोजेका होइनौँ अधिकारीले भने ।

कार्यक्रम सम्बोधन गर्दै देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पुर्ण बहादुर कुँवरले अब यस सुकुम्बासी समस्यालाई समाधान गर्न छिट्टै अगाडि बढाउने जनताको हातहातमा लालपुर्जा हुने गरि आफुले त्यसको लागि रातदिन नभनी वडा र आफ्नो तर्फबाट निरन्तर कामलाई अगाडी बढाउने बताउनुभयो।


सो कार्यक्रममा नेपाली काङ्ग्रेस तनहुँका सदस्य भीम कुमारी धाई थापा र देवघाट गाउँपालिका कार्यक्रम शाखा प्रमुख कृष्ण राज पन्तले मन्तव्य राखेका थिए भने नेपाली काङ्ग्रेस देवघाटका उपसभापति पुरूषोत्तम शर्मा पण्डित, नेपाली काङ्ग्रेस वडा नम्बर ५ का सभापति सोमनाथ ढकाल, पुर्व पार्टी सभापति बाबुराम पौडेल, देवघाट तरूण दलका सभापति बल बहादुर क्षेत्री, ट्रेड युनियन देवघाटका सभापति युवराज साँखी लगाएत कार्यक्रममा उपस्थिति रहेका थिए ।



