प्रधानमन्त्री प्रचण्डले सुकुम्बासी समस्या समाधान गर्न एक हप्ताभित्र ऐन संशोधन गर्ने दाबी

images
  • 288
    SHARES
  • मंसिर ११, २०८० सोमबार
    प्रधानमन्त्री प्रचण्डले सुकुम्बासी समस्या समाधान गर्न एक हप्ताभित्र ऐन संशोधन गर्ने दाबी
    images

    काठमाण्डाै 

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुकुम्बासी समस्या समाधान गर्नका लागि एक हप्ताभित्र ऐन संशोधन गर्ने दाबी गर्नुभएको छ । आज सोमवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा (माओवादी केन्द्र) को वेबसाइट सार्वजनिक गर्दै प्रधानमन्त्रीले एक हप्ताभित्र सुकुम्बासी समस्या हल गर्नेगरी पुराना ऐन संशोधन गर्ने निर्णय गरिएको बताउनुभयो । उहाँले सुकुम्बासी समस्या समाधानका लागि मन्त्रिपरिषद् बैठकले ऐन संशोधन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

    ‘सुकुम्बासी, अव्यवस्थित बसोबासको समस्या हल गर्न ऐन नै संशोधन गरिन्छ । वन ऐन २०२९ ले विकास नै रोकिने अवस्था छ । मान्छे मरे पनि रुख काट्न नपाइने अवस्था छ ।’

    एउटा विद्यालयमा घटेको घटना सुनाउँदै प्रधानमन्त्रीले भन्नुभयो,  ‘एउटा विद्यालयमा रुख ढलेर एक विद्यार्थीको मृत्यु भएछ । त्यो रुख वनमा परेकाले काट्न पाएका रहेनछन् । कस्ता खालका कानुन रहेछ । विकास, नागरिकभन्दा पनि अन्य कुनै कुरालाई महत्त्व दिइएको छ, त्यसलाई संशोधन गर्ने भनेर हिजो निर्णय गरेका छौँ ।’

    याे ऐनको संशोधनपछि विकास निर्माण र लालपुर्जा वितरण गर्ने काम अगाडि बढ्ने प्रधानमन्त्रीको भनाइ छ । प्रचण्डले सरकारको तर्फबाट अहिलेसम्म राम्रा काम भएकाे जिकिर गर्दै अझै राम्रा कामका लागि प्रयास गर्ने बताउनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend