काठमाण्डाै –
नेपाल सुपर लिग (एनएसएल) मा चितवन एफसी र काठमाण्डाै रेजर्स राेमञ्चक बराबरी खेलेका छन् ।
आज मङ्गलवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा चितवन र काठमाण्डाैले १–१ गाेलकाे बराबरी खेले । दुवै गाेल दाेस्राे हाफमा भयाे । खेलकाे ८७ औँ मिनेटमा काठमाण्डाैका खेलाडीले आत्मघाती गाेल गरेपछि चितवनले अग्रता लिएकाे थियाे । तर त्याे अग्रता धेरैबेर टिक्न सकेन । त्यसपछि खेलकाे ९० मिनेटमा काठमाण्डाैका जुनियर एनकङ्गाेले गाेल गर्दै टाेलीलाई १–१ काे बराबरीमा ल्याए ।



