देवघाटमा सुकुम्बासी समन्वय तथा सहजीकरण समिति बनाएर नै अगाडी बढ्ने संयोजक अधिकारी

images
  • 326
    SHARES
  • जेठ १९, २०७९ बिहीबार
    देवघाटमा सुकुम्बासी समन्वय तथा सहजीकरण समिति बनाएर नै अगाडी बढ्ने संयोजक अधिकारी
    images

    देवघाट तनहुँ:अञ्जली बोटे

    तनहुँको देवघाट गाउँपालिकामा मिति २०७८ साल फागुन २६ गते नेपाली कांग्रेस पार्टीले भूमिहीन दलित भूमिहीन सुकुम्वासी र अब्यबस्थित बसोबासीको काममा भुमि आयोग गाउँ पालिकालाई सहयोग र खबरदारी दुवै होस् भनि सहजीकरण गर्न गठन गरिएको सुकुम्बासी समन्वय तथा सहजीकरण समिति हो "संयोजक अर्जुन अधिकारी"।

    284817267_437786344837503_6337350601074385273_n.jpg

    साथै सो समितिले हिजो मात्रै देवघाट गाउँपालिकाको कार्यलयमा पुगी देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापा र देवघाट गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी संग भेट गरि देवघाटमा सुकुम्बासी भुमि आयोग बिषयमा छलफल गरी तत्काल काम अगाडी बढाउन अनुरोध गरे लगातै आज बाट नै सो भुमि आयोगको कम्पुटरमा इन्ट्री गर्ने काम सुरु भएको र सो काम नसक्किए सम्म दैनिक १२ घण्टा लगाएर काम हुने समेत संयोजक अधिकारी बताएका छन्।

    यस्तै:सुकुम्बासी समन्वय तथा सहजीकरण समितिमा नेपाली काङ्ग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र,राप्रपा,नेकपा एकीकृत समाजबादी पार्टी लगाएतका सर्वदलीय समिति बनाएर तुरुन्तै काम अगाडी बढ्ने समेत संयोजक अधिकारी बताउनुभयो। साथै उहाँले जनताको जिज्ञासालाइ मध्यनजर र सहजीकरण होस् भन्ने उद्देश्यका साथ जानकारी मुलक हाते पुस्तिका समेत निकाली वितरण गरि रहेको जानकारी दिनुभयो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend