चितवन, मंसिर १५
आजदेखि बागमती प्रदेश महिला (प्रधानमन्त्री कप)क्रिकेट छनोट प्रतियोगिता एवं प्रदेश स्तरीय महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता यहाँस्थित अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशालामा सुरु भएको हो ।
पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गर्नुभयो । त्यस अवसरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सबैले अपनत्व लिनुपर्नेमामा प्रमुख दाहालले जोड दिनुभयो । विवाद निकालेर रङ्गशाला निर्माणमा अबरोध गर्ने क्रम जारी रहेको भन्दै यसलाई अन्त्य गरी सबै मिलेर अघि बढ्न आवश्यक रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “कहिले बन्दैन कि भन्ने कहिले जग्गाको विवाद निकाल्ने जस्ता कामले निर्माणमा समस्या हुन्छ, सबै मिलेर निर्माणमा जुट्नुपर्छ ।”



