प्रथम इच्छाकामना म्याराथुन प्रतियोगितामा घैरुङका श्रेष्ठ प्रथम, आँबुखैरेनीका गुरुङ दोस्रो

images
  • 271
    SHARES
  • मंसिर १५, २०८० शुक्रबार
    प्रथम इच्छाकामना म्याराथुन प्रतियोगितामा घैरुङका श्रेष्ठ प्रथम, आँबुखैरेनीका गुरुङ दोस्रो
    images

    इच्छाकामना ।

    प्रथम इच्छाकामना म्याराथुन दौड प्रतियोगितामा गोरखाको सहिद लखन गाउँपालिका घैरुङ निवासी सञ्जय श्रेष्ठ प्रथम भएका छन् । श्रेष्ठले मुग्लिन देखि इच्छाकामना मन्दिरसम्मको निर्धारित १४ किलोमिटरको दुरी १ घण्टा १४ निेटमा पार गर्दै प्रथम भएका हुन् । प्रथम भएसँगै उनले नगद २० हजार पुरस्कार जितेका छन् ।

     

    यस्तै प्रतियोगितामा आँबुखैरेनी १ बरादीका सनम गुरुङ दोस्रो भएका छन् । उनले प्रतियोगितामा निर्धारीत दुरी १ घण्टा १७ मिनेट १५ सेकेण्डमा पार गरेका थिए । दोस्रो भएसँगै उनले १० हजार नगद पुरस्कार हात पारेको छ ।  

    चितवनको इच्छाकामना गाउँपालिकामा रहेको चर्चित धार्मिक पर्यटकीय स्थल इच्छाकामना मन्दिरमा लाग्ने ठुलो पञ्चमी मेलाको अवसरमा पहिलो पटक प्रतियोगिताको आयोजना गरिएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend