चितवन, मंसिर १७
नारायणगढ लेडी जेसीजको अध्यक्षमा हिमा श्रेष्ठ निर्वाचित हुनु भएको छ ।
लेडी जेसीजको २७ औं शाखा अधिवेशनबाट श्रेष्ठ वर्ष २०२४ का लागि अध्यक्षमा चयन हुनु भएको हो । श्रेष्ठले ३३ मत प्राप्त गर्नुभयो । उहाँसँगै चुनावी प्रतिस्पर्धामा रहनुभएकी लक्ष्मी केसीले १७ मत प्राप्त गर्नुभयो । मतदानमा ५१ जना सहभागी थिए । एक मत भने बदर भएको वर्ष २०२३ कि अध्यक्ष सुस्मिता श्रेष्ठले जानकारी दिनुभयो ।



