भारतीय नागरिक पक्राउ,लागूऔषधसहित नागढुंगाबाट

images
  • 76
    SHARES
  • जेठ १९, २०७९ बिहीबार
    भारतीय नागरिक पक्राउ,लागूऔषधसहित नागढुंगाबाट
    images

    काठमाडौ ।

    प्रहरीले १०७ ग्राम लागूऔषध खैरो र सेतो हेरोइनसहित एकजना भारतीय नागरिकलाई नागढुंगाबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी घर भएका २० वर्षीय दीपेन्द्र कुमार भगत रहेका छन् ।

     

    pakrau_20210128114110.jpgवीरगञ्‍जबाट काठमाडौं आउँदै गरेको ना ७ ख २०१९ नम्बरको बसमा चेकजाँच गर्दा भार प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

     

    उनको साथबाट प्रहरीले खैरो हिरोइन (ब्राउन सुगर) १०३ ग्राम र सेतो हिरोइन (ह्वाइट सुगर) ४ ग्राम गरी जम्मा १०७ ग्राम बरामद गरेको छ ।पक्राउ परेका उनीमाथि लागु औषध नियन्त्रण ऐन, २०३३ को कसूरमा काठमाडौं जिल्ला अदालतबाट दिन -१५ को म्याद थप अनुमति लिई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend