काठमाडौं, मंसिर १९
एनसेलको सेयर खरिद-बिक्रीबारे छलफल गर्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले बैठक बोलाएको छ। उपसचिव सावित्रा शर्माका अनुसार दूरसञ्चार सेवा प्रदायक संस्था ९एनसेल० को सेयर खरिद-बिक्री सम्बन्धमा प्रारम्भिक छलफलका लागि बैठक बोलाइएको हो। बुधबार दिउँसो २ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा एनसेलबारे छलफल हुनेछ।



