इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

images
  • 206
    SHARES
  • मंसिर २१, २०८० बिहीबार
    इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
    images

    चण्डिभञ्याङ्ग

    चितवनको इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम चण्डिभञ्ज्याङ्गमा सम्पन्न भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०।०८१ को प्रथम चौमासिकमा प्रवाहको सम्बन्धमा गरिएको सार्वजनिक सुनुवाई तथा समिक्षा कार्यक्रम बुधबार वडा नं. ६ स्थित चण्डिभञ्ज्याङ्ग स्वास्थ्य चौकीमा सम्पन्न भएको हो ।

    गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आधा दर्जन भन्दा बढि सहभागीले प्रश्न, जिज्ञासा, गुनासा र सल्लाह सुझावहरु राखेका थिए । साथै सहभागीहरुको प्रश्नहरुको जवाफ गाउँपालिका अध्यक्ष, दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषाल, जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत, वडाध्यक्ष लक्ष्मण चेपाङ, चण्डीभञ्ज्याङ्ग स्वास्थ्य चौकी प्रमुख तोयानाथ दुवाडी लगायतले दिएका थिए ।

     

    यस्तै कार्यक्रममा गाउँपालिकाका योजना शाखा अधिकृत श्याम खनालले गाउँपालिकाले प्रथम चौमासिकमा गरेको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend