कालिका युवा क्लवद्वारा बृहत भलिबल प्रतियोगिता

images
  • 256
    SHARES
  • मंसिर २२, २०८० शुक्रबार
    कालिका युवा क्लवद्वारा बृहत भलिबल प्रतियोगिता
    images
     देवघाट मंसिर २२
    प्रतिमा खत्री
    "मुग्लिन पारी त्रिवेणी जाऔ, खुल्ला वडा स्तरिय भलिवलँ संगै रमाउ"भन्ने मुल नाराका साथ कालिका युवा क्लब शहिद लखन ३ निभारे सिलिङ्ग गोरखा द्वारा बृहत भलिबल प्रतियोगिता हुने भएको छ । सो प्रतियोगिता यहि मंङसिर २८ गते देखि सुरु भई ३० गते सम्म हुने भएको छ ।
    408023084_337183398948281_2766783470558412421_n.jpg
     
    विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि क्लवले भलिबल प्रतियोगिता कार्यक्रम आयोजना गरिएको हो । उक्त प्रतियोगितामा खेलाडि संख्या ९ जना हुनुपर्ने र एक टिममा जिल्ला स्तरिय तथा बाहिरको वडाको २ जना मात्र समावेश गर्न पाइने खेल संयोजक रबिन गुरुङले जानकारी दिएका छन् ।
     
    साथै खेलाडि सम्बन्धित वडामा भएको प्रमाण समेत पेश गर्नुपर्ने नियम खेलमा समावेश गरिएको छ । उक्त भलिबल प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार रुपैयाँ द्वितीय पुरस्कार ३० हजार रुपैंया,तृतीय पुरस्कार २० हजार रुपैयाँ र ट्रफी, मेडल र प्रमाणपत्रले सम्मान गरिने उक्त कल्बका सदस्य सचिव पृथ्वी गुरुङले जानकारी दिनु भयो । साथै टिम दर्ता शुल्क ४ हजार रहेको छ भने वेस्ट प्लेयर, वेस्ट स्पाईक,वेस्ट लेबेरो, वेस्ट ब्लकर वेस्ट सर्भर, वेस्ट कोचलाई समेत पुरस्कारको व्यवस्था रहेको आयोजक टिमले बिहानी मिडियालाई जानकारी दिएका थिए ।
     
     
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend