दुई महिनादेखि बेपत्ता युवती मृत अवस्थामा भेटिइन्

images
  • 204
    SHARES
  • मंसिर २२, २०८० शुक्रबार
    दुई महिनादेखि बेपत्ता युवती मृत अवस्थामा  भेटिइन्
    images

     बैतडीमा दुई महिनादेखि बेपत्ता युवती मृत अवस्थामा भेटिएकी छन् ।

    सुर्नया गाउँपालिका-८ की २० वर्षीया कल्पना महरा स्थानीय कैलपाल सामुदायिक वनमा मृत अवस्थामा भेटिएको बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) दिपक गिरीले जानकारी दिए ।

    डीएसपी गिरीले असोज २५ गतेदेखि बेपत्ता महराको शव सामुदायिक वनमा भेटिएको पुष्टि गरे ।

    उनका अनुसार रुखमा झुण्डिएको अवस्थामा भेटिएकी महराको कंकाल फेला परेको हो ।

    महराका परिवारले लुगाका आधारमा उनको पहिचान गरेको प्रहरी जनाएको छ ।

    महरा घरबाट गोठालो गएका बेला असोजमा हराएकी थिइन् । मृतकको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend