युवकको हत्या अभियोगमा चार जना पक्राउ नुवाकोटमा

images
  • 89
    SHARES
  • जेठ २०, २०७९ शुक्रबार
    युवकको हत्या अभियोगमा चार जना पक्राउ नुवाकोटमा
    images

    देवचन्द्र भट्ट, नुवाकोट, २० जेठ । नुवाकोटको सदरमुकामसंगै जोडिएको खड्काथोकमा एक युवकको हत्या गरेको अभियोगमा प्रहरीले चार जना युवकलाई पक्राउ गरेको छ । विदुर नगरपालिका ९ खड्काथोकका २५ वर्षका कुमार शिवभक्तिको हत्या अभियोगमा प्रहरीले एक जना धादिङका युवकसहित चार जनालाई पक्राउ गरेको छ ।

    1611841322-c4WmQ.jpg
     
    मृतकको शव जेठ १४ गते शनिवार शंकास्पद अवस्थामा फेला परेको थियो । युवक हत्याको अभियोगमा प्रहरीले धादिङको खनियावासका २४ वर्षका सुनिल तामाङ, नुवाकोटको विदुर नगरपालिका का २० वर्षका सन्दीप तामाङ, २५ वर्षका विशाल तामाङ र २४ वर्षका सरोज लामालाई पक्राउ गरि थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो । 

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend