मेयर र उपमेयरका समर्थकबीच कुटाकुट

images
  • 459
    SHARES
  • मंसिर २६, २०८० मंगलबार
    मेयर र उपमेयरका समर्थकबीच कुटाकुट
    images

    वीरगञ्ज, मंसिर २६

    वीरगञ्ज महानगरपालिकाका मेयर र उपमेयरका समर्थकबीच आज कुटाकुट भएको छ । महानगरपालिकाको कार्यालय परिसरमै मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमका समर्थकबीच कुटाकुट भएको हो ।

    एउटै कोठामा पञ्जीकरण शाखा राख्ने कि उपमेयरको सचिवालयको लागि प्रयोग भन्ने विषयमा दुई पक्षबीच विवाद भएको थियो । केही समयअघि मात्रै मेयर बस्ने कोठा परिवर्तन भएर त्यहाँ प्रमुख प्रशासकीय अधिकृत बस्ने कोठा बनाइएको थियो ।

    प्रमुख प्रशासकीय अधिकृतको कोठा खाली भएपछि त्यहाँ पञ्जीकरण शाखा राख्ने कि उपमेयरले सचिवालय राख्ने भन्ने विषयमा विवाद भएको थियो । सोही क्रममा मेयर र उपमेयरका समर्थकबीच झडप भएको हो ।

    प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाको नेतृत्वमा प्रहरी नगरपालिकामा परिचालन गरिएपछि अवस्था समान्य भएको छ ।

     

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend