यमनमा जारी युद्धविराम अझै दुई महिना लागु हुने भएको छ । युद्धरत पक्षहरूले अर्को दुई महिनाको लागि अहिले जारी युद्धविरामलाई विस्तार गर्न सहमत भएका यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रुण्डबर्गले जानकारी गराउनुभयो ।

यो सम्झौता २०२२ को अप्रिल २ मा पहिलोपटक लागू भएको मूल सम्झौताकै शर्तमा विस्तार गरिएको खबरमा उल्लेख छ ।



