२७ मंसिर, काठमाडौं
काठमाडौं महानगरपालिकाले बिहीवारदेखि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाएको छ । काठमाडौं महानगरपालिकाले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर २८ गतेदेखि काठमाडौं भित्र सुर्तिजन्य पदार्थ कच्चा सुर्ति,खैनि,गुट्टका,सुर्तिहरु प्रतिबन्ध गरिएको जानकारी दिएको हो ।
उनले पसलमा बेचेको पाइए दुई पटक सम्मलाई सामान जफत गरिने तर तेस्रो पटक पनि बेचेको पाए पसल नै बन्द गर्ने चेतावनी दिए । उनले अनुगमनको लागि महानगरपालिकाले सादा पोशाकमा १० जनाको टोलीमा नगर प्रहरीलाई खटाउने बताए । पहिलो चरणमा अनुगमनको लागि ५० जना नगरप्रहरी परिचालन गरिने उनको भनाइ थियो ।
उनले महानगरपालिकाले सार्वजनिक स्थलको एक सय मिटर वरिपरि चुरोट बेच्न र धुम्रपान गर्न पनि प्रतिवन्ध लगाएको बताए । उनले सार्वजनिक स्थलमा धुम्रपान गरेको पाइए एक सय रुपैयाँसम्म जरिवाना गरिने बताए ।
उनले जनस्वास्थ्यमा परेको प्रतिकुल प्रभाव रोक्न,शहरी सौन्दर्यता कायम राख्न र भूमी तथा वातावरणीय असर न्युनीकरण गर्न सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिवन्ध लगाएको बताए । काठमाडौं महानगरपालिकाले मंसिर २९ शुक्रबार महानगर दिवस बनाउने भएको छ ।



