पाकिस्तानलाई हराउँदै यूएई पहिलाे पटक एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटकाे फाइनलमा

images
  • 191
    SHARES
  • मंसिर २९, २०८० शुक्रबार
    पाकिस्तानलाई हराउँदै यूएई पहिलाे पटक एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटकाे फाइनलमा
    images

    काठमाण्डाै –

    पाकिस्तानलाई हराउँदै यूएई पहिलाे पटक एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटकाे फाइनलमा पुगेकाे छ । आज शुक्रवार भएकाे पहिलाे सेमिफाइनल खेलमा यूएईले पाकिस्तानलाई ११ रनले हरायाे ।

    यूएईले दिएकाे १ सय ९४ रनकाे लक्ष्य पछ्याएकाे पाकिस्तानले ४९ ओभर ३ बलमा १ सय ८२ रन बनाउँदा अल आउट भयाे । पाकिस्तानका कप्तान साद बागले ५० र अजान अवैसले ४१ रन बनाए । बलिङतर्फ अयमान अहमद र हार्दिक पाईले समान २ विकेट लिए । पाकिस्तानका ३ जना खेलाडी रन आउट भए ।

    यसअघि दुबईकाे आईसीसी एकेडेमीमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे यूएई ४७ ओभर ५ बलमा १ सय ९३ रनमा अल आउट भयाे । यूएईका कप्तान आयल अफजल खानले ५५ र आर्यन्श शर्माले ४६ रन बनाए । बलिङतर्फ पाकिस्तानका उबैद शाहले ४ तथा अली अस्फन्द र अर्फत मिन्हान्सले समान २ विकेट लिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend