३० मंसिर, पाल्पा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काम गर्न नसके हटाउन सक्छौं भनेर कांग्रेसले भन्न सक्नुपर्ने बताएका छन् ।
कांग्रेसका सांसदहरुले मत दिएर प्रचण्डलाई प्रधानमन्त्री बनाएको भन्दै उनले एक वर्षसम्म काम गर्न नसकेको बताए । अब एक वर्ष प्रचण्ड नै प्रधानमन्त्री बन्ने सत्ता गठबन्धनबीच सहमति रहेको भन्दै थापाले यो अवधिमा काम गर्न नसके सिंहदरबारबाट खुमलटार (प्रचण्डको निवास) पठाउछौं भनेर कांग्रेसले भन्नुपर्ने बताएका हुन् ।
प्रचण्डलाई कुनै साइनो परेर प्रधानमन्त्री बन्न सहयोग गरेको नभई केही काम गर्छन् कि भनेर मत दिएको महामन्त्री थापाले बताए । सरकार गठन भएको एक वर्ष अवधि पुग्न लागेको तर अहिलेसम्म कुनै राम्रो काम गर्यो भनेर भन्न नसकिने उनले बताए ।



