नक्कली सवारी दर्ता प्रमाणपत्र भएका ५ वटा गाडीसहित २ जना पक्राउ

images
  • 205
    SHARES
  • पौष १, २०८० आइतबार
    नक्कली सवारी दर्ता प्रमाणपत्र भएका ५ वटा गाडीसहित २ जना पक्राउ
    images

    काठमाडौं, पुस १

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली सवारी दर्ता प्रमाणपत्र भएका ५ वटा गाडीसहित २ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काभ्रेको तिमालका ४२ वर्षीय दिलबहादुर घिसिङ र सिन्धुपाल्चोकको चौताराका ३३ वर्षीय आयतसिंह तामाङ छन् । उनीहरुलाई ललितपुरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट बरामद भएका गाडीका सवारी दर्ता प्रमाणपत्र अनुसन्धानका क्रममा नक्कली भेटिएपछि प्रहरीले पक्राउ गरेको हो ।
     

    ‘यी गाडीहरु भारतबाट भन्सार छलेर नेपालमा नक्कली सवारी दर्ता प्रमाणपत्र बनाएर चलाउने गरेको देखिन्छ । यसबारे थप अनुसन्धान गरिरहेको छ’, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने ।

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend