तनहुँ, प्रतिमा खत्री
भरतपुर महानगरपालिका-१ देवघाट चितवनमा रहेको श्रीसीताराम संस्कृत माध्यमिक विद्यालयले अक्षयकोष स्थापनार्थ आयोजना गरिएको मकर स्नान महोत्सव-२०८० सम्पादनका लागि बृहद छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङले हामी भुगोलले एक नभए पनि हामीलाई सदैव जिविको पार्जन तथा बिभिन्न काम का लागि चितवन एउटा मुटु हो त्यसकारण आफनो ब्यक्तिगत तर्फबाट र गाउँपालिकाको तर्फबाट पूर्ण रूपमा सहयोग गर्ने बताएका छन् ।

महेश संस्कृत गुरुकुलका प्राचार्य फडिन्द्र प्रसाद आचार्यले मकर स्नान मेलालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर बिभिन्न उदाहरण दिँदै विभिन्न समिति गठन गरी काम गर्न सहज हुने सुझाव समेत राख्नु भएको थियो ।

श्री सीता राम संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापकले मकर स्नान मेलाले ब्यापारमा टेवा पुग्ने उनले बताएका थिए। मेलाले विद्यालयलाई मात्र नभई देवघाटका व्यवसायीहरुलाई समेत प्रभावकारी हुने बताउनुभयो । यसै गरी कार्यक्रम मा बोल्दै सीताराम संस्कृत माध्यमिक विद्यालयका पूर्व प्रधानध्यापक हरी प्रसाद आचार्यले आफूलाई कर्यकमको संयोजक जस्तो गरिमामय पद विश्वास गरी दिनु भएको मा धन्यबाद व्यक्त गर्दै आफूले पाएको जिम्मेवारीलाई पुरा गर्ने बताउनुभयो।




