तनहुँ, प्रतिमा खत्री
भरतपुर महानगरपालिका-१ देवघाट चितवनमा रहेको श्रीसीताराम संस्कृत माध्यमिक विद्यालयले अक्षयकोष स्थापनार्थ आयोजना गरिएको मकर स्नान महोत्सव-२०८० सम्पादनका लागि बृहद छलफल कार्यक्रम सम्पन्न भएको छ । सो छलफल आज देवघाटधामको गलेश्वर आश्रममा भएको थियोे ।

सिताराम स्कुल अहिले चितवन जिल्लाको एक मात्र संस्कृत विषयमा पठनपाठन हुने सामुदायिक विद्यालयमा पर्दछ । जहाँ अहिले कक्षा ६ देखि १२ कक्षासम्म संस्कृत विषयमा पढाइ हुने गर्दछ । विद्यालयको संस्कृत शिक्षा तथा समग्र पक्षको स्तरोन्नति गर्नका लागि अहिले अक्षयकोष स्थापनार्थ गर्न माघे संक्रान्ति मेलालाई मध्येनजर गर्दै महायज्ञको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक पोदराज पौडेल बताउनु भएको थियोे ।

भेला कार्यक्रममा बोल्दै देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङले हामी भुगोलले एक नभए पनि हामीलाई सदैव जिविको पार्जन तथा बिभिन्न काम का लागि चितवन एउटा मुटु हो त्यसकारण आफनो ब्यक्तिगत तर्फबाट र गाउँपालिकाको तर्फबाट पूर्ण रूपमा सहयोग गर्ने बताएका छन् । विद्यालयले २ करोडौंको अक्षयकोष स्थापना गर्ने उद्देश्यले यहि पौष २७ गतेदेखि माघ २ गतेसम्म विश्वविख्यात कथावाचक श्रद्धेय श्री ईश्वरकृष्ण महाराजको प्रमुख वाचकत्वमा "श्रीमद्भागवत अखण्डपाठपारायण, कथावाचन एवं पितृउद्धारात्मक महायज्ञ" का साथै विविध कार्यक्रम गरेर सञ्चालन गर्ने तयारी भैरहेको छ । महेश संस्कृत गुरुकुलका प्राचार्य फडिन्द्र प्रसाद आचार्यले मकर स्नान मेलालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर बिभिन्न उदाहरण दिँदै विभिन्न समिति गठन गरी काम गर्न सहज हुने सुझाव समेत राख्नु भएको थियो ।

महायज्ञका मुख्य कार्यक्रमहरू मिति २०८० पौष २७ गते कलश यात्रा,समुद्घाटन,श्रीमद्भागवत अखण्डपाठपारायण आरम्भ हुनेछ, पौष २८ गते पाठपारायण कथाप्रवचन, दातासम्मान, पौष २९ गते पाठपारायण, तिलार्पण, कथाप्रवचन,त्यस्तै गरि माघ १ गते सामुहिक ब्रतबन्ध, कथाप्रवचन, दातासम्मान, माघ २ गते कथाप्रवचन, दातासम्मान,पूर्णाहुति हुदै महायज्ञ समापन हुने विद्यालयका पुर्व प्रधानाध्यापक एवं महायज्ञ संयोजक हरि प्रसाद आचार्यले जानकारी दिनुभएको छ । श्री सीता राम संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापकले मकर स्नान मेलाले ब्यापारमा टेवा पुग्ने उनले बताएका थिए। मेलाले विद्यालयलाई मात्र नभई देवघाटका व्यवसायीहरुलाई समेत प्रभावकारी हुने बताउनुभयो ।

यसै गरी कार्यक्रम मा बोल्दै सीताराम संस्कृत माध्यमिक विद्यालयका पूर्व प्रधानध्यापक हरी प्रसाद आचार्यले आफूलाई कर्यकमको संयोजक जस्तो गरिमामय पद विश्वास गरी दिनु भएको मा धन्यबाद व्यक्त गर्दै आफूले पाएको जिम्मेवारीलाई पुरा गर्ने बताउनुभयो। साथै मकरस्नान,पाठश्रवण,कथाश्रवण,चन्दादान, तुलादान एवं जिन्सी सहयोग गरी पुण्य आर्जनका लागि आचार्यले हार्दिक आग्रहका साथ सादर निमन्त्रणा समेत गर्नुभएको छ । विद्यालयको अक्षयकोष स्थापना अर्थात् महायज्ञ सफल पार्नका निम्ति विद्यालयका भु.पु.शिक्षक र विद्यार्थीहरू लाई समन्वय गर्न शिक्षक मिलन घिमिरेले जिम्मेवारी दिइएको छ ।

साथै महायज्ञलाई सफल पार्नको लागि तनहुँ तर्फ बृहत भेलामा गलेश्वर आश्रममा सामाजिक संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधि,राजनीतिक दलका अध्यक्ष एवं प्रतिनिधि,टाेल विकास संस्थाका अध्यक्ष एवं प्रतिनिधि,आमा समूह अध्यक्ष एवं प्रतिनिधि,सामुदायिक वन उपभोक्ता समिति, संचारकर्मी लगाएतको उपस्थितिमा भेला भएको थियो । महायज्ञमा गलेश्वर आश्रमका पिठाधिस अनन्त श्री बिभुषित महामन्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराज,नेपाल सन्त समाज अध्यक्ष एवं हरिहर आश्रम पिठाधीस श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराज,महेश सन्यास आश्रमका पिठाधीस श्री १००८ स्वामी रमणानन्द गिरिजी महाराजजी लगाएतको प्रमुख संयोजकत्वमा श्रीमद्भागवत अखण्डपाठ पारायण,पाठपारायण, कथाप्रवचन,पाठपारा तिलार्पण हुनेछ ।



