कावासोतीमा १६ वर्षकी नाबालिकाको ४० वर्षीय पुरुषसँग जबरजस्ती बिहे

images
  • 150
    SHARES
  • पौष ४, २०८० बुधबार
    कावासोतीमा १६ वर्षकी नाबालिकाको ४० वर्षीय पुरुषसँग जबरजस्ती बिहे
    images
     
    चितवन
     
    नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा १६ वर्षीय नाबालिकाको ४० वर्षीय पुरुषसँग जबरजस्ती विवाह गराइदिने आमासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
     
    ल्ला प्रहरी कार्यालय नवलपुरले बालिकाको भाउजूले दिएको उजुरीको आधारमा छोरीलाई दबाब दिएर विवाह गराउने आमा, दुई जना सानीमा र एक जना सानोबुबासहित विवाह गर्ने पुरुषलाई पनि समातेको हो । मंसिर २९ गते आफ्नो घरबाट केही पर रहेको सानीमाको घर लगेर १६ वर्षकी छोरीलाई उनकी आमाले विवाह नगर्ने भए आफू झुण्डेर मर्ने भन्दै विवाह गर्न दबाब दिएकी थिइन् ।

    जिल्ला प्रहरी कार्यालय नवलपुर प्रहरी निरीक्षक साजनकुमार शर्माका अनुसार आमा र दुई सानीमा सानोबाको दबाबका कारण किशोरी विवाहको लागि राजी भएकी थिइन् । आफ्नो घर नै नलगी कावासोतीमै रहेको सानीमाको घरबाट छोरीको टिकोटालो गरेर विवाह गराइदिएर आमा घर फर्किएकी थिइन् ।

    सानीमाको घर गएकी नन्द घर नफर्किएपछि सोधी खोजी गर्दा ४० वर्षको पुरुषसँग विवाह गरिदिएको थाहा पाएपछि भाउजूले प्रहरीमा जाहेरी दिएकी इन्स्पेक्टर शर्माले जानकारी दिए । सोही जाहेरीका आधारमा प्रहरीले हिजो मङ्गलवार आमासहित बालिका विवाहमा संलग्न पाँचै जनालाई नियन्त्रणमा लिएको हो ।

    ४० वर्षका पुरुषले बालिकासँग दोस्रो विवाह गरेका हुन् । उनलाई नियन्त्रणमा लिएपछि बालिकालाई भाउजूको संरक्षणमा पठाइएको प्रहरीले जानकारी दिएको छ । १६ वर्षकी बालिका ७ कक्षा पढेर छोडेकी थिइन् । १२ वर्षअघि नै उनको बाबुको मृत्यु भएको, परिवारमा दुई दाइ, भाउजू र आमा रहेका छन् । तर, दुई दाइ भने वैदेशिक रोजगारीमा रहेका जनाइएको छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend