पुस ५-
सरकारले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टबाट तत्काल डराउनुपर्ने अवस्था नरहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो नयाँ भेरियन्टको जोखिम नेपाल पनि बढेको तर नआत्तिन सबैमा आग्रह गरेको छ ।
नेपालको सीमाभन्दा टाढा भारतको केरला राज्यमा सङ्क्रमण देखिएको र यसबाट त्यति धेरै डराउनु नपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बताए। उनले भारतमा देखिएको सङ्क्रमण श्वासप्रश्वाससम्बन्धी रहेकोले आत्तिनुपर्ने अवस्था छैन।



