नेपाल सनातन धर्म संस्कृति संगठनले मन्त्री किरातीको तत्काल राजीनामा माग गर्दै विरोध प्रदर्शन

images
  • 84
    SHARES
  • पौष ५, २०८० बिहीबार
    नेपाल सनातन धर्म संस्कृति संगठनले मन्त्री किरातीको तत्काल राजीनामा माग गर्दै विरोध प्रदर्शन
    images

    काठमाडौं, पुस ५

    नेपाल सनातन धर्म संस्कृति संगठनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा मा गर्दै आन्दोलन गरेका छन् ।

     
    बुधबार मन्त्री किरातीले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिको विरोधमा उनीहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले गैरजिम्मेवार मन्त्री बर्खास्त गर्, सुदन किराती राजीनामा दे, धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर् लगायतका प्लेकार्ड बोकेर नाराजुलुस गरेका थिए ।
     काठमाडौंमा आयोजित क्रिश्चियन महोत्सवको कार्यक्रममा प्रमुख अतिथि बनेर पुगेका किरातीले क्रिश्चियन नमान्नेहरूलाई संविधानविरोधी र देशद्रोहीको संज्ञा दिएका थिए ।

    ‘नेपालको संविधानले सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता दिएको छ । क्रिश्चियनलाई मान्दिनँ भन्नेहरू संविधानविरोधी हुन् । देशद्रोही हुन् । उनीहरूलाई हतकडी लगाएर जेल हाल्ने हो’ उनले उत्तेजित बन्दै भनेका थिए ।

    मन्त्रीको सोही अभिव्यक्तिलाई लिएर सर्वत्र आलोचना भएको छ ।

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend