काठमाडौं, पुस ६
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै काठमाडौंमा प्रदर्शन गरेको छ । धर्मबारे मन्त्री किरातीले दिएको अभिव्यक्ति गैरजिम्मेवार र गैरसंवैधानिकु रहेको भन्दै राप्रपा काठमाडौं क्षेत्र नम्बर ४ ले शुक्रबार काठमाडौंको गौशालामा प्रदर्शन गरेको हो ।



