देवघाटमाको दुर्गा मन्दिर संरक्षण समितिद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरु लाई सम्मान

images
  • 225
    SHARES
  • जेठ २०, २०७९ शुक्रबार
    देवघाटमाको दुर्गा मन्दिर संरक्षण समितिद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरु लाई सम्मान
    images

    देवघाट तनहुँ:अञ्जली बोटे

    तनहुँको देवघाट गाउँपालिका ५ नम्बर वडा स्थित दुर्गा मन्दिर संरक्षण समितिद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरु लाई एक कार्यक्रम आयोजना गरि बधाई संगै सम्मान गरिएको छ।

    284686292_4984843611614709_4013920358133892736_n.jpg

    सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले दुर्गा मन्दिर संरक्षण र निर्माणमा गाउँपालिका र आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने बताउदै देवघाट गाउँपालिका भित्र रहेका पर्यटकीय धार्मिक स्थानहरु देवघाटधामको वेणी संगम देखी छरछरे झरना,पालुराज मन्दिर,घण्टाचुली,प्याउली गढि,सिंञ्चाङ्गगढि लगाएतका स्थानहरुलाई उचित प्राथमिकतामा राखी धार्मिक पर्यटन प्रबर्द्धनको लागी दिगो गुरु योजना बनाई बिकास गर्ने बताउनुभयो।

    284411573_1373092556525041_3975670294255503120_n.jpg

    साथै देवघाट गाउँपालिकाको आम नागरिकहरुको सल्लाह सुझाव र मनोभावना बुझेर देवघाटको बिकास गर्ने बताउदै यहाँहरुले अमुल्य मत दिएर बिजय गराउनु भएकोमा धन्यवाद व्यक्त गर्दै यहाँहरुको मतको कदर गर्दै देवघाट गाउँपालिकाको बिकासमा समन्वय गरी अगाडी बढ्ने अध्यक्ष थापाले बताउनुभयो। यस्तै कार्यक्रमका बिशिस्ट अतिथि देवघाट गाउँपालिका उपाध्यक्ष भुवनसिंह गुरुङले दुर्गा मन्दिर संरक्षण समितिद्वारा संचालित दुर्गा मन्दिरको संरक्षण तथा निर्माण कार्यमा स्थानीय तह गाउँपालिका,प्रदेश र केन्द्र सरकार संग बजेट मागको लागी आफुले कुनै कसर नराखी सहयोग र पहल गरि अगाडी बढ्ने बताउनुभयो।

    284761801_375448251231447_8692306602092049713_n.jpg

    साथै देवघाट गाउँपालिकाको "मठ मन्दिर,गुम्बा,गुठि,चर्च,धार्मिक,संस्कृत,संस्कृती,विभिन्न जात जातीयको भेषभुषा,भाषा,संस्कारको संरक्षण गर्ने छौँ" उपाध्यक्ष गुरुङले बताउनुभयो। कार्यक्रममा देवघाट ५ नम्बर वडा अध्यक्ष पुर्ण बहादुर कुँवरले दुर्गा मन्दिर संरक्षण र निर्माण कार्यक्रममा ५ नम्बर वडाको तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।

    284001904_1156777048490131_2596890521956372234_n.jpg

    साथै वडा अध्यक्ष कुँवरले ५ वडा बिकासमा सवै संघ,संस्थाहरु समन्वय गरि राय सल्लाह सुझाव लिदै गरी अगाडी बढ्ने बताउनुभयो। सम्मान कार्यक्रममा दुर्गा मन्दिरको बिशेषताको बिषयमा धर्म स.म.स.संयोजक बिष्णु प्रसाद पौडेलले जानकारी गराउनु भएको थियो।

    285004231_300794322153490_5049685197057797413_n.jpg

    कार्यक्रममा ५ नम्बर वडा सदस्यहरु बुद्धि बहादुर पाण्डे,याम बहादुर मगर,कमला गुरुङ,सरस्वती परियार,ने.का.क.जि.स.भिम कुमारी धाई थापा,प्रदेश ख उप-सभापति राधा खनालज,देवघाट ने.का.पुर्व सभापति बाबुराम पौडेल लगाएतको उपस्थिति रहेको थियो, साथै देवघाट तरुण दलका सभापति बल बहादुर क्षत्रीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने दुर्गा मन्दिर संरक्षण समितिका अध्यक्ष देवी प्रसाद चापागाईंको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

    284695581_1096395854615765_651578430257603317_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend