क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला बहस आज सकिएको छ्रैन् । भोलि र पर्सि सार्वजनिक बिदा भएकाले अबको सुनुवाइ बुधबारको लागि सरेको हो ।
आज जाहेरीकर्ताको तर्फबाट चार जना वकिलको बहसपश्चात न्यायाधीश शिशिरराज ढकालले मुद्दालाई हेर्दाहेर्दैमा राखेका छन् । न्यायाधीश ढकालले नै मुद्दाको फैसला गर्ने निश्चित भएको छ ।