बाघकाे आक्रमणबाट सासूबुहारीकाे ज्यान गयो

images
  • 214
    SHARES
  • पौष ९, २०८० सोमबार
    बाघकाे आक्रमणबाट सासूबुहारीकाे ज्यान गयो
    images

    काठमाण्डाै -

    पूर्वी नवलपरासीमा बाघकाे आक्रमणबाट सासूबुहारीकाे ज्यान गएकाे छ । 

    विनयत्रिवेणी गाउँपालिकाको विनय सामुदायिक वनमा घाँस काट्न गएका ६० वर्षीया मनादेवी पौडेल र उहाँकी बुहारी २८ वर्षीया विष्णु पौडेल मृत भेटिएका हुन् । 

    दुवै जनाको बाघको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएकाे छ । हिजो दिउँसो सासूबुहारी घाँस काट्न जङ्गल गएका थिए । राति अबेरसम्म पनि घर नफर्किएपछि स्थानीय बासिन्दा र प्रहरीले खोजी गर्ने क्रममा उनीहरु मृत अवस्थामा भेटिएका हुन् ।

    पछिल्लो समय त्यसक्षेत्रमा बाघको आक्रमण बढ्दै गएकाे गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend