काठमाण्डाै –
प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशले बाग्मती प्रदेशलाई हराएकाे छ । आज साेमवार भएकाे खेलमा सुदूरपश्चिमले बाग्मतीलाई ६ विकेटले हरायाे ।
बाग्मतीले दिएकाे ८८ रनकाे लक्ष्य सुदूरपश्चिमले १९ ओभरमा ४ विकेट गुमाएर भेटायाे । सुदूरपश्चिमका लागि विन्दु रावलले २८ र कविता जाेशीले नट आउट २७ रन बनाइन् । बलिङतर्फ बाग्मतीकी अस्मिना कर्माचार्य र साेनी पाख्रिनले समान १ विकेट लिइन् ।
यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे बाग्मतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८७ रन बनायाे । बाग्मतीका लागि कञ्चन श्रेष्ठले १९ र हेलिशा गुरुङले १६ रन बनाइन् । बलिङतर्फ सुदूरपश्चिमकी लक्ष्मी साउद र कविता जाेशीले समान २ विकेट लिइन् ।
याे जितसँगै सुदूरपश्चिम ४ खेलमा ६ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा छ । ४ खेलमा ४ अङ्क भएकाे बाग्मती चाैथाे स्थानमा छ ।



