कारकाे ठक्करबाट दुई जनाकाे ज्यान गयाे

images
  • 160
    SHARES
  • पौष १०, २०८० मंगलबार
    कारकाे ठक्करबाट दुई जनाकाे ज्यान गयाे
    images

    कास्की -

    पाेखरामा गएराति कारकाे ठक्करबाट दुई जना पैदलयात्रीकाे ज्यान गएकाे छ । पाेखरा-५ पर्स्याङमा बा १३ च ३७२१ नम्बरको कारको ठक्करबाट उनीहरुकाे ज्यान गएकाे हाे । 

    ज्यान गुमाउनेमा बाग्लुङ ढाेरपाटन घर भइ पाेखरा-३ नदीपुर बस्ने २० वर्षका ढालेन्द्र छन्त्याल र पहिचान खुल्न बाँकी रहेका अन्दाजी ३५ पुरुष रहेका प्रहरीले जनाएकाे छ । 

    दुर्घटनामा घाइते दुवैजनाको अस्पतालमा ज्यान गएकाे हाे । दुर्घटनापछि कार चालक फरार रहेका छन् । कार भने नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend