दार्चुलाकाे मालिकार्जुन गाउँपालिका–६ उकु बालविवाह मुक्त वडा घोषणा

images
  • 286
    SHARES
  • पौष १०, २०८० मंगलबार
    दार्चुलाकाे मालिकार्जुन गाउँपालिका–६ उकु बालविवाह मुक्त वडा घोषणा
    images

    दार्चुला –

    दार्चुलाकाे मालिकार्जुन गाउँपालिका–६ उकु बालविवाह मुक्त वडा घोषणा भएको छ । आज मङ्गलवार एक कार्यक्रमका बीच गाउँपालिकाकाे वडा नम्बर ६ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।

    ‘मालिकार्जुन गाउँँपालिकाको शान : बालविवाह मुक्त गाउँपालिका हाम्रो अभियान’ भन्ने मूल नाराका साथ गाउँपालिकाकै पहिलो वडाको रूपमा उकुलाई बालविवाह मुक्त वडा घोषणा गरिएको वडा कार्यालयले जनाएको छ ।

    मालिकार्जुन गाउँपालिकालाई २०८२ सालभित्र बालविवाह मुक्त पालिका बनाउने तयारी भइरहेकाे छ । स्थानीय रणनीति २०७६ लागू भएपछि मालिकार्जुनमा गुड नेभर्स इन्टरनेशनल नेपालले बालविवाह अन्त्यका लागि सचेनामूलक कार्यक्रम गर्दै आएको छ ।

    पहिले पालिकामा २५ दशमलव ९६ प्रतिशत हुने बालविवाह अहिले छ प्रतिशतमा झरेको गुड नेभर्स इन्टरनेशनल नेपाल दार्चुलाका निमित्त कार्यालय प्रमुख टीकाराम चौधरीले जानकारी दिनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend