काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा अहिले मौसम धुम्म

images
  • 256
    SHARES
  • पौष ११, २०८० बुधबार
    काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा अहिले मौसम धुम्म
    images

    काठमाण्डाै - 

    काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा अहिले मौसम धुम्म भएको छ । बादल लागेर बिहानपख मौसम धुम्म भए पनि बिस्तारै घाम लाग्दै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि न्यूनतम तापक्रम र अधिकतम तापक्रम भने घट्ने क्रममा रहेको महाशाखाले जनाएको छ । तापक्रम घट्नेक्रममा रहेकाले चिसो अझ बढ्नेछ ।

    आज कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहनेछ ।  साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई ठाँउमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । देशका बाँकी अरु क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend