करेन्ट लगाएर माछा मार्न खोज्दा दम्पतीको मृत्यु

images
  • 239
    SHARES
  • पौष ११, २०८० बुधबार
    करेन्ट लगाएर माछा मार्न खोज्दा दम्पतीको मृत्यु
    images

    पोखरा । पोखरामा करेन्ट लगाएर माछा मार्न खोज्दा दम्पतीको मृत्यु भएको छ ।

     

    उनीहरूले पोखरा २९ पटनेरीमा खेतमा पानी लैजाने कुलोबाट करेन्ट लगाएर माछा मार्न खोजेका थिए । उक्त करेन्टले उनीहरूलाई नै घाइते बनायो । 

     

    दुवै जनाको उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा मुस्ताङको जोमसोम घर भएका ४६ वर्षीय भीमलाल सुनार  र उनकी श्रीमती ४६ वर्षीय सावित्री सुनार छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend