प्युठानको सरुमारानी गाउँपालिकामा गाडी दुर्घटना हुँदा १४ जना घाइते

images
  • 213
    SHARES
  • पौष ११, २०८० बुधबार
    प्युठानको सरुमारानी गाउँपालिकामा गाडी दुर्घटना हुँदा १४ जना घाइते
    images

    दाङ

    भालुवाङ–प्युठान सडक खण्डअन्तर्गत प्युठानको सरुमारानी गाउँपालिका–४ बड्डाडामा गाडी (मिनिबस) दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

    प्युठानको बाग्दुलाबाट दाङको भालुवाङका लागि छुटेको लु २ ख ३०९३ नम्बरको गाडी बड्डाडामा दुर्घटना हुँदा एकै परिवारका ७ सहित १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका २ जनालाई दाङको भालुवाङमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएकाे छ । अन्य घाइतेमध्ये केहीलाई थप उपचारका लागि बुटवल र भैरहवा पठाइएकाे तथा केहीकाे भालुवाङमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend