तमु सञ्चारकर्मी संघ नेपालले बिहानी मिडियाका करिस्मा गुरुङ सहित ६ जना पत्रकारलाई सम्मान सहित पुरस्कृत गरेको छ

images
  • 428
    SHARES
  • पौष १२, २०८० बिहीबार
    तमु सञ्चारकर्मी संघ नेपालले बिहानी मिडियाका करिस्मा गुरुङ सहित ६ जना पत्रकारलाई सम्मान सहित पुरस्कृत गरेको छ
    images

     देवघाट

    काठमाण्डौमा तमु (गुरुङ)सञ्चारकर्मी संघद्धारा आयोजित कार्यक्रममा प्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट हिरालाल गुरुङ (चितवन) र एमबी (मानबहादुर) आस्था मगर (कास्की) लाई पुरस्कृत गरेको हो । पुरस्कारको राशि जनही २० हजार १ रुपियाँ रहेको छ ।414361552_1398815217727181_8558789898907236346_n.jpg

    त्यस्तै, सुश्री भद्राकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कारबाट लामो समय पत्रकारितामा कलम चलाउदै आएकी तनहुँ बिहानी मिडियाका कार्यकारी निर्देशक करिश्मा गुरुङ (तनहुँ), लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट कार्टुनिष्ट अनुप गुरुङ (काठमाडौँ) र तमु आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट रत्ना गुरुङ (स्याङ्जा) पुरस्कृत भएका छन् । पुरस्कारको राशि जनही १० हजार १ रुपियाँ नगद रहेको छ । तमु ल्होसार मूल आयोजक पत्रकारिता पुरस्कारबाट विकास गुरुङ (तेह्रथुम) पुरस्कृत भएका छन् । पुरस्कारको राशि १२ हजार ५०१ रुपियाँ रहेको पुरस्कार छनौट समितिका संयोजक अनिता गुरुङले बताइन् ।414347137_1398815567727146_7574782369690096524_n.jpg

    राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले आज एक समारोहबिच उनीहरुलाई पुरस्कृत गरेका हुन् । कार्यक्रममा उनले पत्रकारले खोजमूलक समाचार लेखेर नागरिकलाई सुसूचित गर्नुपर्ने बताए। सूचनाको हकको प्रयोग गरी रिपोर्टिङ गरेमा सही सूचनाहरू बाहिर आउने हुनाले त्यसको प्रयोग गर्न उनले पत्रकारलाई आग्रह गरेका थिए । सङ्घका अध्यक्ष लाला गुरुङको सभापतित्वमा भएको कार्यक्रममा अनिता गुरुङ, पुरस्कृत हुनेमा एमवी आस्था मगर, करिश्मा गुरुङ, अनुप गुरुङले मन्तव्य राखेका थिए। पुरस्कारले आफूहरूलाई थप जिम्मेवार भएर पत्रकारिता गर्ने शिक्षा दिएको उनीहरुको भनाइ छ । सो अवसरमा गुरुङ न्युज डट कम नामक पत्रिकाको लोकार्पण गरिएको थियो ।414813914_1398815104393859_4038061986126052510_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend