देवघाटमा माघे संक्रान्ति मेलाको तयारी बैठक

images
  • 465
    SHARES
  • पौष १३, २०८० शुक्रबार
    देवघाटमा माघे संक्रान्ति मेलाको तयारी बैठक
    images

    देवघाट पुस १३ गते

    प्रतिमा खत्री

    देवघाट क्षेत्र विकास समितिले आयोजना गरेको माघेसंक्रान्ति मेला व्यवस्थापन सम्बन्धि बैठक तथा छलफल कार्यक्रम आज विभिन्न एजेन्डा तयार पारी सम्पन्न गरिएको छ । देवघाटधाममा वर्षाैंदेखि लाग्दै आइरहेको माघेसंक्रान्ति मेलामा टाढाटाढा देखि धेरै भक्तजनहरु आउने र स्नान गर्ने प्रचलन रहि आएको हुदाँ यहाँ आउने भक्तजनहरुको सेवा सुबिधा, सुरक्षा र यहाँका स्थानीय बासिन्दालाई कुनै पनि हिसावले कष्ठ भोग्न नपरोस् भन्ने हेतुले सो बैठक राखिएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताउनु भयो ।बैठकमा आफ्नो भनाई राख्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिल बाहादुर थापाले देवघाटमा लाखौ संख्यामा भक्तजनहरू आउने गर्छन् उनिहरूलाई सुबिधा तथा सहजता प्रदान गर्ने र कुनै पनि घटना नघटोस भनेर पक्कि पुलबाट सवारी साधन लिएर आउने र झोलुङ्गे पुलबाट भक्तजनहरुको आवतजावतमा कमी गराउने भन्ने बिषयमा ध्यानआकर्षण गराउनु भएको थियो।414156727_349470931052861_322014972112542021_n.jpg

    सोही विषयमा तनहुँ जिल्लाको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पहिला भएका कामलाई सुधार्दै मेला भैसके पछि त्यसको पुनः पहिला भएका गल्ती नदोहोरिन समिक्षा गर्नुपर्छ भनी सुझाव दिनुभयो र भक्तजनहरुको सुरक्षा र व्यबस्थाका लागि तिनवटै जिल्लाका प्रहरी शसस्त्र सुरक्षाका लागि छलफल गर्नुपर्ने बताउनु भयो । साथै सो बैठकमा बिभिन्न संघसंस्थाका व्यक्तिहरुले आफ्ना मनमा लागेका कुरा र भनाईहरु प्रस्तुत गर्नु भएको थियो । भने उक्त बैठकमा १) माघेसंक्रान्ति मेला व्यवस्थापन मुल समितीको गाठनका लागि संयोजक भिम बहादुर राना,सह -संयोजक सदन बराल ३ जिल्ला का ३ वडाका अध्यक्ष चयन गरिएको थियोे । २) स्वंयमसेवक परिचालन उप-समिति परिचालनमा होम बहादुर भारती ,३) ध्वनी ब्यबस्थापन उप-समिति परिचालन सिता सामुदायिक वन,४) बजार ब्यबस्थापन, सरसफाई तथा अस्थायी शैाचालय व्यस्थापन उप-समिति गठन,५) खानेपानि व्यवस्थापन उपसमिति गठन शालिग्राम मिश्र,माधव घिमीरे,६)प्राथमीक स्वास्थ्य उपचार उप-समितिमा रेडक्रस सोसाइटी,७) सडक बत्ती व्यस्थापन उप-समितिमा देवघाट गाउँपालिका,८) आकस्मिक उद्दार एवं स्नानघाट सुरक्षा ब्यावस्थापन उप-समितिमा बोटे समाज,९) मेला व्यवस्थापन मुल समिती सचिवालय स्थापना क्षेत्र विकास समिति,१०) सुचना सन्चार एवं प्रचार प्रसार उप-समिति, ११) मेला सुरक्षा व्यबस्थापन सम्बन्धमा ३ वटै जिल्लाका प्रहरी,सस्त्र , नेपाल आर्मी,१२) रुट निर्धारण सम्बन्धमा ट्र्फीक प्रहरी,१३) सडक मर्मत सम्भार सम्बन्धमा भरतपुर महानगर र देवघाट गाउँपालिकाका,१४) बिघुत नियमित आपुर्ती सम्बन्धमा देवघाट गाउँपालिका,१५) डुङ्गा एवम् घाट ब्यबस्थापन सम्बन्धमा बोटे समाज,१६) झोलुङ्गे पुल बाट माल सामान ढुवानीमा निषेध ,१७) मेलालाई मंस मदिरा धुम्रपान रहित बनाउने सम्बन्धमा सुरक्षा निकाय बाट ब्यबस्थापन गरीने १८ ) मेला अनुगमन तथा मूल्यांकन सम्बन्धमा भरतपुर महानगरपालिका वडा नम्बर १ का अध्यक्ष,१९ ) पार्किङ व्यवस्थापन जस्ता अन्य एजेन्डाहरुमा छलफल तथा समिती गठन भएको थियो।415473810_349471544386133_2549463630886529303_n.jpg

    जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्ति रमण वाग्लेले मेलालाई ब्यवस्थापन गर्न तथा भक्तजनहरूको आवतजावतमा सहजताका लागि जिर्ण भएको झोलुंगे पुललाई मर्मत सम्भार गरी निश्चित संख्याका व्यक्तिहरुलाई आवतजावत गर्न दिने बताउदै मेलालाई प्रभाव नपर्ने तथा भक्तजनहरु लामो बाटो आउन नपर्ने बताउनु भयो । साथै मेला सभ्य भब्यताका साथ सम्पन्न गर्न शुभकामना दिनु व्यक्त गर्नु भएको थियो । साथै सो बैठकमा तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गाैतम , चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख उपरिक्षक अवदेश बिष्ट, उप-अनुसन्धान निर्देशक सुरेश कुमार तिवारी, चितवनका शसस्त्र प्रहरी नायव उपरीक्षक प्रकाश पाैडेल , देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापा, देवघाट गाउँपालिकाका प्रबक्ता एवं वडा नम्बर ५ अध्यक्ष पूर्ण बहादुर कुवँर, वडा सदस्य बुद्धि बहादुर पाण्डे , याम बहादुर मगर, कमला गुरुङ, देवघाट क्षेत्र विकास समितिका सदस्य मोतिराम ढुङ्गाना , हरि प्रसाद पाैडेल, रत्नलाल कडेल, सान बहादुर परियार लगायत विभिन्न संघसंस्थामा आवद्ध बुद्धिजिबि व्यक्तित्वहरुको सहभागिता रहेको थियो । सो बैठक देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भिम बहादुर रानाको अध्यक्षतामा सम्पन्न भएको थियोे414720528_349471957719425_2703474281278026894_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend