कुरिनटार
चितनको इच्छाकामना गाउँपालिकामा पहिलो पटक सुन्तला महोत्सव हुने भएको छ । यहि पुस १६ गतेदेखि सुन्तला महोत्सव हुने भएको हो । गाउँपालिकाको आयोजनामा वडा नं. ३ स्थित तोक्दाङ, ढाप, माझगाउँ, सिरानगाउँ, डोडे लगायतका गाउँहरुलाई समेटेर सुन्तला महोत्सव हुन लागेको हो।
महोत्सव पुस १६, १७ र १८ गते तीन दिनसम्म चल्नेछ । महोत्सवको कृषि तथा पशुपक्षी विकास मन्त्री डा.वेदुराम भुसालले उद्घाटन गर्ने कार्यक्रम तय भएको गाउँपालिकाले जनाएको छ ।



