गरेको छ । चितवन स्थायी घर भई विभिन्न योगदान गरेका दुई जना, पत्रकारिता क्षेत्रमा राष्ट्रियस्तरमा योगदान दिएका दुई जना र खेलकुदको क्षेत्रराष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक हासिलगरेका दुई जनालाई सम्मान गरिएकोसम्मान तथा अभिनन्दन उपसमितिका संयोजक गणेशबहादुर गुरूङले जानकारी दिए ।
सम्मानित हुनेहरुमा विद्यावारिधितर्फ प्रोफेसर रेडियोलोजिष्ट डा घनश्याम गुरूङ र न्यूरोलोजिष्ट सर्जन डा प्रितम गुरूङ, पत्रकारितातर्फ वरिष्ठ पत्रकार अनिता गुरूङ र इच्छा गुरूङ तथा खेलकुदतर्फ यमबहादुर गुरूङ र पार्वती गुरूङलाई सम्मान गरिएको हो । तमू ल्होसार पर्व २०८० को अवसरमा महाबौद्ध गुम्बा तीनखोलेमा भएको विशेष कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।
बागमती प्रदेश सभाका स्वास्थ्यमन्त्री उत्तम जोशी र प्रदेश सभा सदस्य माया श्रेष्ठको हातबाट सम्मान प्रदान गरिएको हो । ह्युल छोंज धीँले हरेक वर्ष ल्होसार पर्वको अवसर पारेर विशेष व्यक्तिहरूको खोजी गरी सम्मान प्रदान गर्दै आइरहेको ह्युल छोंज धीँ चितवनकी अध्यक्ष विमलादेवी गुरूङले बताइन् ।
सोही अवसरमा दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । रोहित घले स्मृति प्रतिष्ठान र निलम गुरूङ स्मृति अक्षयकोषमार्फत प्रदान गरिँदै आएको छात्रवृत्ति यसपटक युकी गरूङ र प्रशन्न गुरूङलाई प्रदान गरिएको छात्रवृत्ति वितरण उपसमितिकी संयोजक विमला गुरूङले जानकारी दिइन् । उनका अनुसार दुवैजना चितवनको सामुदायिक विद्यालयबाट २०७९ को एसइई परीक्षामा सर्वोत्कृष्ट अङ्क हासिल गरेका विद्यार्थी हुन् ।
छेलोमा प्रेम गुरूङ प्रथम
तमू ल्होसारको अवसरमा विभिन्न खेलकुदका कार्यक्रमसमेत आयोजना गरेको थियो । सो क्रममा खेलकुदअन्तर्गत छे लो फाल्ने खेलमा ५० वर्षभन्दा कम उमेर समूहबाट गोरखाका प्रेम गुरूङ प्रथम भएका छन्। सात जनाले प्रतियोगितामा सहभागीता जनाउँदा प्रमले ११ मिटर ८० सेन्टीमिटर टाढा फालेर प्रथम भएका खेलकुद कार्यक्रम उपसमितिका संयोजक यमबहादुर गुरूङले जानकारी दिए । यस्तै ५० वर्षभन्दा माथिको उमेर समूहबाट १० मिटर टाढा फालेर भरतपुरका लक्षिन गुरूङ प्रथम भएका उनले बताए । उक्त समूहमा पनिसात जनासहभागी थिए ।
२० जनाको दुईसमूहले भाग लिएको रस्साकस्सी प्रतियोगितामा बुद्धिबहादुर गुरूङको टोली बिजयी भएको उनले बताए । ३५ जना सहभागी भएको घैँटो फुटाइ प्रतियोगितामा धनबहादुर गुरूङ प्रथम भएका छन् । यस्तै म्युजिकल चियरतर्फ अञ्जु गुरूङ प्रथम भएकी छन्। म्युजिकल चियरमा ३७ जना सहभागी थिए ।
यस्तै हाजिरीजवाफ प्रतियोगितामा नाग समूह प्रथम भएको छ । कार्यक्रम संयोजक दलबहादुर गुरूङका अनुसार छ समूहले भाग लिँदा नाग समूह प्रथम, भेडा समूह र बाँदर समूह तृतीय भएको छ । ल्होसारकै अवसरमा भरतपुरस्थित जयबुद्ध अस्पताल प्रालिसँगको सहकार्यमा खुला रक्तदान तथा निःशुल्क स्वास्थ्य परीक्षणसमेत गराएको थियो ।
शनिबार साँझदेखि सुरू भएको सांस्कृतिक कार्यक्रम आइतबार साँझसम्म सञ्चालन भएको थियो । नेपाल तमू विद्यार्थी छोंज धीँ चितवनको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम भएको हो । कार्यक्रममा मौलिक गीत संगीतलाई प्रस्तुत गरिएको थियो ।
कार्यक्रमलाई सम्पन्न गर्न महत्वपूर्ण सहयोग गर्ने दाताहरुलाई पनि सम्मान गरिएको ह्युल छोंज धीँ चितवनका सचिव एवम् साचव संयोजक किशोर गुरूङले जानकारी दिए ।



