देवघाट पुस १६
महिला समूहद्वारा देवघाटमा अचार उत्पादन गर्न सुरू गरेका छन् । देवघाट सामुदायिक सिकाई केन्द्र द्वारा सञ्चालित श्री गणेश सामुदायिक महिला समूहले अचार बनाउन सुरू गरिएको हो । अचार सोमबार देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले समुद्घाटन गर्दै महिला दिदिबहिनीहरू विभिन्न सिपमूलक तालिमहरू दिदै आत्मानिर्भर बनाउदैँ अगाडि लैजाने बताउनु भयो । महिलाहरू सानोतिनो कुराको लागि पुरूषसँग भर पर्न नपरोस् आफैँले आफ्नो सिपको सदुपयोग गरि अगाडि बढ्न सकिन्छ भन्ने समाजमा सन्देश दिने काम गणेश सामुदायिक महिला समुहले गरेको थापाले बताए ।
पालिकाबाट गर्नुपर्ने ठाउँमा हरदम सहयोग रहने अध्यक्ष थापाले बताए । महिला दिदिबहिनीहरूलाई अगाडि बढाउनु पर्छ भनेर निर्वाचित भएको वर्ष देखि नै विभिन्न तालिमहरू दिदैँ आइरहेको देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर -५ अध्यक्ष पुर्ण बहादुर कुँवरले बताउनु भयो । कुँवरले वडाबाट महिलाहरूको लागि गर्नुपर्ने कुरामा कुनै कन्जुस्याइँ नगर्ने प्रतिवद्वता समेत व्यक्त गर्नु भएको थियोे । सो कार्यक्रममा देवघाट महिला सञ्जालका अध्यक्ष राधादेवी खनालले महिलाहरूलाई आत्मनिर्भर गराउनको लागि स्थानीय तह सरकारले तालिम दिइएको छ त्यसलाई सदुपयोग गरेर अगाडि बढ्न महिला दिदिबहिनीहरूलाई अनुरोध गरे । साथै खनालले निरन्तरता दिदैँ गयो भने हरेक चिजबाट सफलता प्राप्त हुन्छ भन्दै मन लागेर काम गर्दै अगाडि बढ्न आग्रह समेत गरिन् । महिलाहरूले भर्खरै स्थानीय रूपमा उत्पादन गर्न सुरू गरिएको अचार व्यवसायलाई देवघाट गाउँपालिकाको कोसेली घरमा बिक्रीवितरणको लागि राखिने सोही सँस्थाका सिर्जना पाण्डेयले जानकारी दिनुभयो ।
साथै पाण्डेयले अचार विभिन्न थरिका बनाउने गरेको बताउदैँ स्वादिलो अचार चाहिएको खण्डमा अडर गर्न सकिने जानकारी दिनभयो । सो कार्यक्रम देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङको विशिष्ट अतिथ्य र देवघाट गाउँपालिका पर्यटन शाखा प्रमुख होम बहादुर भारती,देवघाट गाउँपालिका स्तरीय महिला सञ्जाल अध्यक्ष राधादेवी खनाल,पूर्व वडा नम्बर-५ सदस्य ठाकुर कुमारी काफ्ले लगाएत महिला समूहका सदस्यहरूको सहभागीता रहेको थियोे । देवघाट स्थित रहेको देवघाट रेडक्रस सोसाइटी भवनमा भएको सो कार्यक्रम समूहका अध्यक्ष सुसिला नेपालको अध्यक्षतामा भएको थियोे ।



