इच्छाकामना
चितवनको इच्छाकामनामा प्रथम इच्छाकामना सुन्तला महोत्सव सुरु भएको छ । गाउँपालिकाको आयोजनामा आजदेखि सुन्तला महोत्सव सुरु भएको हो ।
महोत्सवको कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. वेदुराम भुसालले उद्घाटन गर्नुभयो । सुन्तला महोत्सवको उद्घाटन गर्दै मन्त्री भुसालले किसानहरुलाई उत्पादन बढाउन आग्रह गर्नुभयो । उहाँले बजारीकरणका लागि सरकारले सहयोग गर्ने निति लिएको बताउनुभयो ।
मन्त्री भुसालले स्थानिय बजारले मात्र नपुगे राष्ट्रिय स्तरमा बजारी करण गर्न संघिय सरकारले सहयोग गर्ने बताउनुभयो । राष्ट्रिय स्तरमा खपत हुन नसके वैदेशिक बजारमा निर्यात गर्ने सकारको निति रहेको बताउनुभयो । उहाँले चीन भ्रमणका क्रममा प्रधामन्त्रीले नेपालको उत्पादन चीन निर्यात गर्ने सम्झौतमा हस्ताक्षर गरिएको बताउनुभयो । त्यसमा सुन्तला जन्य फलफुल पनि रहेको बताउनुभयो ।
कार्यक्रममा प्रदेश सांसद कृष्णप्रसाद सिलवाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी,गाउँपालिका उपप्रमुख माया सिलवाल, गाउँपालिका निर्वमान अध्यक्ष गीता गुरुङ, गाउँपालिकामा सक्रिय राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहनुभएको थियो ।
गाउँपालिकाको आयोजनामा वडा नं ३ स्थित तोक्दाङ, ढाप, माझगाउँ, सिरानगाउँ, डोडेलगायत गाउँ समेटेर माझगाउँमा सुन्तला महोत्सव सुरु भएको हो ।महोत्सव १८ गते सम्म सञ्चालन हुने छ ।



