दैलेख –
ललितपुरको बालकुमारी घटनामा ज्यान गुमाएका दैलेखकाे महाबु गाउँपालिका–६ रानीवनका सुजन रावतकाे शवयात्रा शुरु भएको छ ।
सुजनकाे शव काठमाण्डाैबाट सुर्खेतसम्म हवाईजहाज र सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरमार्फत दैलेखकाे कालीदत्त गुल्म पुर्याइएकाे थियाे । गुल्मको गेटदेखि तीन सय मिटर दूरीमा रहेको घरमा पुर्याई सुजनकाे शवयात्रा शुरु भएकाे हाे । शवयात्रामा आफन्तसहित स्थानीयवासीकाे सहभागिता छ । सुजनकाे हिन्दू परम्पराअनुसार श्रीस्थानमा काजकिरिया गर्ने परिवारजनले बताएका छन् ।
गएको शुक्रवार ललितपुरको बालकुमारीमा रहेकाे ईपीएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयमा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप हुँदा दैलेखका सुजनसहित अछामका वीरेन्द्र शाहको ज्यान गएको थियाे । हिजाे साेमवार गृह मन्त्रालयमा चार बुँदे सहमतिपछि परिवारजनले शव बुझेका थिए ।



